मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा लाग्ने प्रमुख ५ रोगबाट कसरी बच्ने ? थाहा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । जाडो मौसमको तुलनामा गर्मी मौसममा बाहिरी वातावरणका कारण धेरै मानिसहरु बिरामी हुने गर्छन्। गर्मीमा उच्च तापक्रमका कारण शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने कारणले प्रायःजसो गर्मीयाममा बढी बिरामीहरुको संख्या बढ्ने गर्छ। जीवनशैली र खानपान सन्तुलित भए पनि गर्मीमा धेरै बिरामी हुने कारण हामीले समयमानै स्वस्थ्य रहन विभिन्न उपायहरु अपनाउनु आवश्यक हुन्छ।

चिसोमा भन्दा तातो समयमा तुलनात्मक रुपमा भाइरसहरु सक्रिय हुने कारण हामीलाई गर्मीमा रोगहरुले छिट्टै समात्ने गर्छ। खानपानमा उचित ध्यान दिए पनि हाम्रो अन्य क्रियाकलाप तथा जीवनशैलीका कारण प्रभाव पर्ने हुँदा हामीले गर्मीयाममा आफ्नो शरीरलाई विशेष ध्यान दिनु पर्छ ।

गर्मी मौसममा विशेषगरी निम्न रोगहरु देखा पर्छन्ः भाइरल ज्वरो, डेंगु ज्वरो, रुघाखोकी, निमोनिया र झाडाबान्ता आदि ।

रोकथाम तथा बच्ने उपायहरु:
प्रदूषित वातावरणका कारण लाग्ने यस्ता रोगहरुबाट बच्नको लागि हामीले सावधानी अपनाउनु पर्छ। यसका लागि निम्न उपायहरु अपनाउन सकिन्छः

  • अत्याधिक मात्रामा शुद्ध पानीको सेवन गर्ने,
  • खानपिनमा विशेष ध्यान दिने सागसब्जी बढी सेवन गर्ने,
  • सुत्दा होस् या अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने किसिमको कपडा लगाउने,
  • झुलको प्रयोग गर्ने,
  • सकेसम्म खाटमा सुत्ने घाममा हिँड्दा छाता वा कपडाको प्रयोग गरि टाउको ढाकेर हिड्ने,
  • सरसफाइमा विशेष ध्यान दिने,
  • लामखुट्टेको टोकाइबाट जोगिनका लागि मसक्विटो लिक्विडको प्रयोग गर्ने,
  • खाली खुट्टा नहिड्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button