मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मी भयो भनेर सिधै फ्रिजको पानी पिउँनुहुन्छ ? देखिन सक्छन् यस्ता असरहरु…

Gobal IME Bank

ऐजेन्सी । गर्मी मौसममा कतिपय मानिसहरू फ्रिजको चिसो पानी पिउन मन पराउँछन् तर, फ्रिजको पानी सिधै पिउँदा हाम्रो शरीरलाई हानी पुर्याउन सक्छ । विज्ञहरूको अनुसार धेरै चिसो पानी पिउनाले रक्त प्रवाह कमजोर हुँदा मुटुलाई रगत पम्प गर्न धेरै मिहिनेत गर्नुपर्ने हुन्छ जसका कारण मुटुको चाल सुस्त हुन्छ । फ्रिजको पानी सिधै पिउँदा शरीरमा अन्य असरहरु पर्ने जोखिम हुन्छ।

घाँटिको संक्रमण
गर्मीमा बहिरको तापक्रम अत्यधिक हुन्छ । अचानक फ्रिजको चिसो पानी पिउँदा छातीमा कफ जम्मा हुन्छ । चिसो पानीले टन्सिल बढाउँछ ।धेरै चिसो पानी पिउँदा सबैभन्दा बढी असर घाँटीलाई गर्छ।

शरीरको तापक्रममा असर गर्छ
हाम्रो शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुनुपर्छ । यसलाई नियमित बनाउन शरीरलाई केही उर्जाको आवश्यकता पर्छ । धेरै चिसो पानी पिउँदा खाएको खानाबाट पोषण तत्व तयार हुन सक्दैन । जसले गर्दा शरीरको तापक्रम सन्तुलित हुन समस्या पर्छ ।

पाचन प्रक्रियामा असर
बढी चिसो पानीले पाचन प्रक्रियालाई असर गर्दछ । किनकि फ्रिजको पानी पिएपछि शरीरको ऊर्जा शरीरको तापक्रम मेन्टन गर्नमा खर्च हुन्छ, जसको असर पाचन प्रणालीमा पर्न जान्छ । धेरै चिसो पानी पिउँदा शरीरले आवश्यक पोषण तत्वलाई पूर्ण रुपमा सोस्न सक्दैन । यसले रक्तसञ्चारमा असर गर्छ, जसले पाचन प्रक्रिया ढिलो गराउँछ र ठीक तरिकाले खाना नपच्दा आवश्यक पोषक तत्वहरु हाम्रो शरीरले प्राप्त गर्दैन ।

वजन बढाउँछ
खाना खाने बित्तिकै चिसो पानी पिउँदा पाचन प्रक्रिया ढिलो हुन जान्छ । यसको खराब असर मेटाबोलिजममा पर्छ जसको कारण शरीरमा बोसो जम्मा हुन थाल्छ र मानिस मोटाउन थाल्छ ।

चिसो पानीले शरीरको प्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ, जसको कारण शरिरमा एलर्जी र अन्य रोगको जोखिम बढ्छ । यसको पुरा असर दिमागमा पर्न जान्छ । चिसो पानीले अचानक टाउको पनि दुख्न सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button