मुख्य समाचारसमाचार

टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी – Good News 24

Gobal IME Bank

काठमाडौं । टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी भएको छ ।

उच्च अदालत पाटनद्वारा प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनाधिकृत संरचनाहरुलाई व्यवस्थपनको काम गर्दै आएको छ । त्यसै अनुरुप टुकुचा खोला मिचेर बनाइएका संरचनाहरुलाई पनि हटाउने प्रक्रियामा जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचनामा पनि महानगरपालिकाले डोजर चलाएपछि टुकुचा खोला निक्लिएको थियो ।

हाललाई यद्यपी, नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले उच्च अदालत पाटनले अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button