मुख्य समाचारसमाचार

उद्योगी व्यवसायीहरुलाई यो सरकार रातो कार्पेटले स्वागत गर्छः गृहमन्त्री लामिछाने

Gobal IME Bank
file photo

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो ।

उहाँले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाउनु भयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउनु भयो । उहाँले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले कानूनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताउनु भयो ।

उहाँले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनु भयो । उहाँले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधि भित्र रहेर काम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रमा परेको प्रभाव कालोबजारीको कारण परेको भनेर अर्थमन्त्रीज्युले ठूलो रकम देखाउनुभएको छ । आफैँमा मेरा लागि चुनौतिको विषय छ र हाम्रो कार्य कुशलतामा निर्भर हुने भएको हुनाले कालोबजारी चोरी पठारी प्राथमिकतामा पर्छन् । निर्धक हुनुस् । हिजोको जस्तो अवस्था रहँदैन । सुरक्षा निकाय अहिले जुन पूर्वाधार र मनोवलमा कमी छ । हामीले मोटिभेट गर्नसकेका छैनौं । यहाँ भित्र पनि चलखेल र राजनीतिक दबाब धेरै भएको हुनाले त्यहाँ हामीले राजनीतिक हस्तक्षेप गर्दैनौं भनेका छौं । प्रमुख जिल्ला अधिकारीहरुलाई कुनैपनि अपराध,कालोबजारी नियन्त्रणका विषयमा कुनैपनि राजनीतिक दलहरुको दबाब आए कारबाही पर्नेछन् । त्यस्तो रेकर्ड भयो भने कसैले फोन गरेर यो मान्छे,सामान छुटाइदिनुस् भन्यो भने त्यसलाई कारबाही गर्ने कानूनी प्रावधान रहेको छ । यहाँहरु पनि सचेत हुनुहोला । कानून उल्लंगन हुने कालोबजारीलाई नियन्त्रण गर्ने विषयमा चासो नराख्दा कार्यसम्पादन गर्न सहज हुन्छ । राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा अवस्था अध्ययन भइरहेको छ । अगाडि कस्तो निर्णय भएको र कस्तो आँखाले हेरियो थाहाँ छैन । तर हाम्रो तर्फबाट तपाईहरुलाई रेर्ड कार्पेट छ ।

उद्योग,व्यवसायको सुरक्षा र उन्नतिको लागि गृहमन्त्रालयले गर्ने कुनैपनि कामले चुक्दैनौं । सरकारले एउटा स्पेशल युनिट खडा हुन्छ । मन्त्रालयमा कुनै कामको लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि,व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय,कार्यालय हाकिम र राजनीतिज्ञहरुकामा गएर समय खेर फाल्नु पर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनु होला । उद्योगी व्यवसायीहरुले पैसा कमाउनु अपराध गर्नु जस्तो व्याख्या छ त्यसलाई हामीले अन्त्य गर्छौं । उद्योगी व्यवसायीहरुले पैसा कमाउनुपर्छ कमाउनुस् । स्वच्छ प्रतिष्पर्धा गरेर व्यवसायीहरुको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो ।

त्यहाँबाट नै रोजगारीको सिर्जना हुन्छ । अहिले ठूलो फोहोर रहेको छ । त्यो ड्यामेज भएर बसेको छ । त्यो फोहोर सफा गर्न समय लाग्नसक्छ । सफा गर्दा अलि दुर्गन्ध बढी आउनसक्छ । त्यसको लागि उद्योगी व्यवसायीहरु तयार हुनुहोला । अरु मलाई कसैलाई जोगाउनु पनि छैन । कसैलाई फसाउनु पनि छैन । म कानूनीको परिधि भित्र रहेर काम गर्ने हो । हामी आउँदैमा समाज रातारात परिर्वतन हुने होइन ।’

उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताउनु भयो । उहाँले कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनु भयो । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button