अन्यमनोरञ्जनसमाचार

फुटबलमा नेपाल विजयी

Gobal IME Bank

sag-football-update१७ मंसिर, काठमाडौं । हाल सागको तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा भइ राखेको छ । सागको आज तेस्रो दिन भुटान संग भएको पुरुष फुटबलमा नेपालले पहिलो खेलमा विजय हासिल गरेको छ । नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुवात गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गरेका हुन् । नेपालले खेलको मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेर भुटानलाई पराजित गरेको थियो ।

दशरथ रंगशालामा भएको मंगलबारको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको ५१औँ मिनेटमा सुजलले  दोस्रो गोल गरे । त्यसपछि ६६औँ मिनेटमा अभिषेकले नेपालका लागि तेस्रो तथा मिक्छेनले खेलको ७८औँ मिनेटमा चौथो गोल गरि पहिलो खेलको बिजयी बनेका थिए ।

hamrakishan1

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button