अन्यशिक्षा स्वास्थसमाचार

चिकेन र मटनको मासु बिच के के फरक छन् पढ्नुहोस्

Gobal IME Bank

धेरै मान्छेहरु दोधारमा परिरहेका हुन्छन् चिकेन र मटनको मासुमा कुन मासु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक हुन्छ भनेर धेरै मानिसहरुमा मासु हाम्रो शरिरको लागि र स्वास्थ्यको लागि आवश्यक पर्ने खाने कुरा हो । के मासु हाम्रो स्वास्थ्यको लागि नखाई नहुने  आहार हो ? पढ्नुहोस्

चिकेनमा प्राकृतिक रुपमा बोसो कम हुन्छ । चिकेनमा ३.५ ग्राम बोसो हुन्छ र कोलेस्ट्रोल ९५ मिलिग्राम हुन्छ ।  त्यसैले एक दिनमा १०० ग्राम मासु खाँदा हाम्रो शरीरमा १० दिनको कोलेस्ट्रोल हाम्रो शरीरमा जान्छ ।

त्यस्तै मटनमा १३.३ ग्राम फ्याट हुन्छ र  १३८ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । यदि हामीले एकचोटीमा १०० ग्राम मटन खाँदा २८ दिनको कोलेस्ट्रो हाम्रो शरीरमा जान्छ । दुवै मासुमा पाइने प्रोटिनको कुरा गर्दा चिकेनमा मटनमा भन्दा बढि मात्रामा प्रोटिन पाइन्छ चिकेनमा ३० ग्राम प्रोटिन हुन्छ भने मटनमा १८ ग्राम प्रोटिन हुन्छ ।  फ्याट र कोलेस्ट्रोल हाम्रो मुटुलाई असर गर्छ । कुनै पनि पशुपंक्षीको मासुमा कालेस्ट्रोल पाइन्छ भने वनस्पतिमा कोलेस्ट्रोल हुदैन । चामल , दाल र सागपात जस्ता वनस्पतिमा कोलेस्ट्रोल हुदैन त्यसैले यि खानाहरु हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ ।
हरेक मासुमा कोलेस्ट्रोल पाइन्छ यो हाम्रो मुटुको स्वास्थ्यको लागि राम्रो हुदैन । हाम्रो मुटु भित्र आफै नै कोलेस्ट्रोल जम्मा भईरहेको हुन्छ झन् मासु खाँदा अझ कोलेस्ट्रोलको मात्रा बढि रहेको हुन्छ जसको कारण ह्दयघात हुने जोखिम बढ्छ ।

चिकेन सेतो मासुमा पर्छ भने मटन रातो मासुमा पर्छ सेतो मासु भन्दा रातो मासुमा फ्याट र कोलेस्ट्रोलको मात्रा बढि हुन्छ । त्यसै गरि माछामा ३ ग्राम फ्याट हुन्छ भने ४२० मिलिग्राम कोलेस्ट्रोल पाइन्छ । माछामा प्रोटिनको मात्रा बढि हुन्छ यसमा २० ग्राम प्रोटिन हुन्छ ।
खाना मिठो हुनुका साथै स्वस्थ पनि हुनुपर्छ र यदि हामी हाम्रो मुटुको ख्याल राख्नु छ भने मासु नखाँदा नै हाम्रो लागि फाइदाजनक हुन्छ । विश्वभर अहिले मुटुका रोगि बढेका छन् र ह्दयघातको कारण ज्यान गुमाउनेको सङ्ख्या पनि बढेको छ । सके सम्म मासु त्याग्ने कोसिस गर्दा हाम्रो लागि राम्रो हुन्छ बरु मासुको सट्टा फलफुलहरु र विभिन्न शाकाहारी खाना खाने तर मासु छोड्न गाह्रो लाग्छ भने हप्ता अथवा पन्द्र दिनमा खादा राम्रो हुन्छ ।

   – डा.विमल छाजर

 

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button